Comments Add Comment

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९

१९ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आगामी शनिबार आयोजना गर्ने भएको छ ।

यो लक्ष्मी बैंकले २०१४ देखि गर्दै आएको बाषिर्क प्रतियोगिताको छैटौं संस्करण हो, जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता -६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।

यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई हृयुन्डाई कोना गाडी प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment