Comments Add Comment

सयपत्री गोल्डकपको उद्घाटन खेलमा आयोजक विजयी

१९ कात्तिक, बुटवल । स्व. ज्ञानबहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक सयपत्री युवा क्लब विजयी भएको छ । मंगलबार भएको खेलमा सयपत्रीले नवलपरासी–११ लाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

रामनगर खेल मैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा दुबै टिमबाट निर्धारित समयमा १–१ गोल भएपछि निर्णय ट्राइब्रेकरबाट गरिएको हो । १५ औ मिनेटमा नवलपरासीका रोहित थारुले टिमलाई अग्रता दिलाए पनिसयपत्रीका योङ दोर्जेले खेलको २१ औ मिनेटमा बराबरी गोल गरे ।

ट्राइब्रेकरमा सयपत्रीका गोलकिपर रेम्बो चौधरीले नवलपरासीका आशिष मगर र निराजन क्षेत्रीको प्रहारलाई विफल पारिदिए ।

सयपत्रीका विश्वास मगर, सरोज योन्जन, सुरज घतान र टंकु लामाको प्रहार गोलमा परिणत भएको थियो । भने विश्व अधिकारीको प्रहारलाई नवलपरासीका गोलकिपर अजितकुमार चौधरीले रोकिदिएका थिए ।

नवलपरासीका सबि गुरुङ र सुरज आलेले गोल गरेका थिए । खेलमा आयोजक सयपत्रीका योङ दोर्जे म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैया, उपविजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँले पुरस्कृत गरिने क्लबका अध्यक्ष कमल रानाले बताए ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीहरुलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिने उनले बताए । हरेक प्रतियोगितामा एक जना म्यान अफ दि म्याचलाई नगद २ हजार, कपबाट पुरस्कृतसमेत गरिने छ । २०७१ मा तेस्रो संस्करणको उपाधि खनाल ब्रदर्श फर्साटिकरले चुमेको थियो ।

प्रतियोगितामा १२ टिमले भाग लिएाक छन् । बुधबारको सुनौलो संगम युवा क्लब देवीनगर र पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका बीचमा खेल हुने क्लबका सचिव सन्तोष गुरुङले बताए । कात्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment