+
+
Shares

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते ११:२९

२० कात्तिक, बुटवल । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुर्गादेवी खड्का, भक्तबहादुर खड्का र तिलबहादुर खड्का हुन् । उनीहरु तीनैजना आमा-छोरा हुन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक गंगाबहादुर खड्का र बालक बिनोद खड्का घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?