+
+

डा केसीको अवस्था सामान्य

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते १९:२४

२० कात्तिक, डोटी । चिकित्सा क्षेत्रमा सुधारका लागि ७ बुँदे माग राख्दै सोमबारदेखि अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा सदरमुकामको एक निजी घरको कोठामा १७ औं पटक अनसन बसेका डा केसीको स्वास्थ्य अवस्थामा समस्या नआएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलले बताए । ‘हालसम्म स्वास्थ्यअवस्था स्ट्यावल छ, खासै त्यस्तो समस्या देखिएको छैन,’ डा कँडेलले भने, ‘तर उहाँ आफैंले कमजोर भएको अनुभूति गर्दै हुनुहुन्छ ।’

डा केसीको पिसावमा किटोन पोजेटिभ देखिएको डा कँडेल बताउँछन् । उनले भने, ‘किटोनपोजेटिभ देखिनुको अर्थ अब शरीरले आहार खोज्दैछ ।’

स्वास्थ्य अवस्था गम्भीर भनेर आएका खबरहरुबारे डा कँडेलले भने, ‘बिहान रक्तचाप बढ्ने घट्ने भएका कारण हामीलाई अलिडर लागेको थियो तर अहिले रक्तचाप पनि सामान्य अवस्थामा पुगेको छ । नाडीको गति, मुटुको चाल सामान्य छ ।’

हामसम्म कुनै औषधि चलाउनु नपरेको डा कँडेल बताउँछन् । उनले डडेल्धुरामा चिसो धेरै भएकोले समस्या आउन सक्ने वताए ।

अनसनलाई संघसंस्थाहरुको सहयोग

अनसनरत डा केसीलाई डोटीबा बिभिन्न पेशागत संगठनहरुले समर्थन गरेका छन् ।

डोटी उद्योग बाणिज्य संघ, शैलेश्वरी यातायात व्यवसायीसंघ डोटी, होटेल व्यवसायी संघ डोटी, त्रिभुवन प्राध्यापक संघ डोटी क्याम्पस समितिले संयुक्त विज्ञप्ति प्रकाशन गरी डा केसीको अनसनमा आफूहरुको समर्थन रहेको जनाएका छन् ।

डा केसीका सम्पूर्ण मागहरु जनताको पक्षमा र माफियाहरुको बिरुद्धमा रहेकाले तिमागहरुलाई यथासक्य चाँडा सम्बोधन गर्न सरकारसँग मागगरिएको छ ।

उल्लेखित संस्थाका प्रतिनिधिहरु केसी अनसनरत कोठामै बसी हस्ताक्षर गरेको विज्ञप्तिमा थप भनिएको छ ‘डा केसीको अभियानमा हाम्रो पूर्ण साथ, सहयोग, समर्थन र ऐक्येवद्धता साथ यो विज्ञप्ति जारी गर्दछौं ।’

यस्तै, नेपाली कांग्रेस डडेल्धुराले पनि डा केसीको अनसनमा समर्थन जनाएको छ । नेपाली कांग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णवहादुर मल्लले मंगलवार डा केसीलाई भेटी अनसनमा जिल्ला पार्टीको समर्थन रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?