+
+
Shares

नेपाल क्लियरिङ हाउसलाई ‘साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते २०:०५

२० कात्तिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्ड’ अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिने भएको छ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसिया लेखामान महासंघ ९साफा० समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर पुरस्कृत गर्न खोजिएको हो।

साफाले यो अवार्ड बंगलादेशमा आगामी ३० नोभेम्बरमा हस्तान्तरण गर्नेछ।

यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टटेन्ट संस्था (आईक्यान) द्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो।

त्यसपछि यो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो।

एनसीएचएलले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?