Comments Add Comment

कांग्रेस उम्मेदवार खेमराज भन्छन् : रवीन्द्रमाथि सरकारले नै अन्याय गर्‍यो

२१ कात्तिक, पोखरा । कास्की २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले स्वर्गीय रवीन्द्र अधिकारीमाथि सरकारले अन्याय गरेको टिप्पणी गरेका छन् ।

रवीन्द्रको हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पाका नेता पौडेललाई । बिहीबार उम्मेदवारी दर्तापछि पौडेलले अधिकारीलाई सम्झिएनन् मात्र, उनीमाथि अन्याय भएको बताए ।

‘रवीन्द्रजस्तो मान्छे धेरै चाहिन्थ्यो । उहाँ भएको भए मिलेर जान पनि सकिन्थ्यो होला,’ पौडेलले भने, ‘उनी दलीय स्वार्थभन्दा माथि थिए ।’

उनले अघि भने, ‘वाइड बडी भनेर आयोग गठन भयो । प्रधानमन्त्रीज्यूले निर्दोष छ भन्नुभयो । कम्तीमा सत्यतथ्य बाहिर आउनुपर्थ्यो । सरकारले उनीमाथि अन्याय गर्ने काम गरिराखेको छ ।’

पौडेलले रवीन्द्रको क्षेत्रमा हुन लागेको उपचुनाव आफूले जित्ने दाबी पनि गरे । जनता लहैलहैमा नझुक्किने भन्दै उनले सरकार र पार्टीको गतिविधि हेरेर आफूलाई भोट दिने दाबी गरे ।

एउटा निर्वाचन जित्दैमा नेकपालाई फरक नपर्ने तर कांग्रेसको जितले सरकारलाई सही दिशामा हिँडाउन सक्ने उनको दाबी छ । ‘कांग्रेसले सही काम गर्‍यो । राम्रो पात्रलाई उठायो भनिरहेका छन्,’ पौडेलले भने, ‘कांग्रेसभित्र पनि म उम्मेदवार बनेसँगै घात अन्तर्घात सधैंका लागि सकियो ।’

आफू ५ हजार मतअन्तरले जित्ने कांग्रेस उम्मेदवार पौडेलको दाबी छ । महादेव, (पूर्वसांसद महादेव गुरुङ) शुक्रराज (पूर्वजिल्ला सभापति शुक्रराज शर्मा) देखि सबै कांग्रेस अहिले एक ठाउँमा उभिएकाले पनि चुनाव जित्ने उनको दाबी छ । पौडेलले अघि भने, ‘हामी चुनाव जित्छौं, जीत सुरक्षित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment