+
+
Shares

उपनिर्वाचनका लागि राप्रपाका उम्मेदवारले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १७:२७

२१ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनका लागि राप्रपाका उम्मेदवारहरुले बिहीबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं-२ मा रोम बहादुर भण्डारी, दाङ क्षेत्र नं-३ (ख) मा भुपाल रावत, भक्तपुर क्षेत्र नं -१ (क) मा श्यामप्रसाद नेपाल र बागलुङ क्षेत्र नं-२(ख) मा गणेश कुँवरले मनोनयन दर्ता गरेका हुन् ।

कास्कीमा राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा उपाध्यक्ष राजीब पराजुली, उपाध्यक्ष तोरणबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ सहित पृथ्वी चोकबाट निस्केको विशाल र्‍यालीले पोखरा नगर परिक्रमा गर्दै निर्वाचन कार्यालयमा उम्मेदवार भण्डारीको उम्मेदवारी मनोनयन दर्ता गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसैगरी भक्तपुरमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष रोशन कार्की, प्रदेश-३ का अध्यक्ष विक्रमबहादुर थापासहित, दाङमा उपाध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा प्रदेश-५ का अध्यक्ष प्रदीपकुमार उदय सहित र बागलुङमा उपाध्यक्ष भिम प्रसाद गौचनको नेतृत्वमा र्‍याली सहित निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता भएको छ ।

यसैगरी राप्रपाले स्थानीय तहका सबै रिक्त स्थानमा हुने उप निर्वाचनमा उमेदवारी दिने प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?