+
+
Shares

‘घामड शेरे’ भर्सेस ‘जीवन काँडा कि फूल’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १२:००

यो साताको शुक्रबारबाट दुई चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । चलचित्र ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ले आजबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन् ।

हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । रियल लाइफ जोडी निश्चल-स्वस्तिमाले पूर्ण चलचित्रमा पहिलो पटक स्कि्रन सेयर गरेका हुन् । चलचित्रमा उनीहरुलाई साली भेनाको रुपमा चित्रण गरिएको छ ।

सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा निश्चललाई घामड शेरेको अवतारमा देखाइएको छ । निश्चलले आफ्नो जमिन खोलाले बगाएपछि खोलालाई मुद्दा हालेको प्रसंगलाई चलचित्रमा रमाइलो तरिकाले देखाइएको छ ।

त्यस्तै, मदन पुरस्कार बिजेता साहित्कार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण भएको चलचित्र ‘जीवन काँडा कि फूल’ पनि आजबाट रिलिज भएको छ । यस चलचित्रले झमकको बाल्यकालदेखिको जीवन भोगाईलाई प्रस्तुत गरेको छ ।

विनोद विष्टको निर्माण तथा निर्देशन रहेको यस चलचित्रमा झमकको बाल्यकालको भूमिकामा आस्था थापा र ठूलो भएको भूमिकामा रोजिता उदाचार्य फिचर छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?