Comments Add Comment

भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको नारा- लिपुलेक हाम्रो हो

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए । शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

त्यसको केही समयपछि सोही स्थानमा अनेरास्ववियूका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । अस्कल क्याम्पसबाट सुरु भएको विरोध र्‍याली भारतीय दूतावास कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

यसअघि अनेरास्ववियूले नै भृकुटीमण्डपमा ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment