+

सिद्धार्थ युवा क्लव क्वाटरफाइनलमा प्रवेश

२०७६ कात्तिक  २२ गते १८:१४ २०७६ कात्तिक २२ गते १८:१४
सिद्धार्थ युवा क्लव क्वाटरफाइनलमा प्रवेश

२२ कात्तिक, बुटवल । बुटवलमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शुक्रबारको खेलमा सिद्धार्थ युवा क्लब बासगढी विजयी भएको छ ।

सिम्रिक युवा क्लब कालिकानगरलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धार्थ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुटवल १० रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा सिद्धार्थका जमीर मियाँले एकमात्र गोल गरेका थिए । खेलको ६६ औ मिनेटमा बिमल श्रीषको पासमा जसीरले गोल गरेका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए ।

शनिबार पहिलो क्वाटरफाईनल खेलमा आयोजक सयपत्री युवा क्लबले पाल्पा–११ को सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय