Comments Add Comment

पाकिस्तानविरुद्धको सिरिज अष्ट्रेलियालाई

२२ कात्तिक, काठमाडौं । पाकिस्तानविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज घरेलु टोली अष्ट्रेलियाले जितेको छ ।

शुक्रबार भएको अन्तिम खेलमा पाकिस्तानमाथि अष्ट्रेलियाले १० विकेटको जित निकालेसँगै सिरिज २–० ले जितेको हो ।

१०७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ११.५ ओभरमा विना विकेट लक्ष्य पूरा गर्‍यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित ५२ रन बनाउँदा डेभिड वार्नरले ४८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । पाकिस्तानका लागि इफतिखर अहमदले ४५ र इमाम उल हकले १४ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् ।

अष्ट्रेलियाका लागि केन रिचार्डसनले तीन विकेट लिए ।

पहिलो खेल वर्षाको कारण रद्द भएपनि दोस्रो र तेस्रो खेलमा लगातार जित हात पार्दै सिरिज जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment