 
																			२२ कात्तिक, विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रका अभियान्ता महावीर पुनले प्रविधिको विकासमा कन्जुस्याइँ नगर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेश १ सरकारले विराटनगर आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले प्रविधिको प्रयोगमा कन्जुस्याइँ नगर्न आग्रह गरेका हुन् ।
प्रदेश १ सरकारले प्रदेशका ६४ वटा स्थानीय तहका एक सय सामुदायिक विद्यालयमा डिजिटल शिक्षा अभियान सुरु गरेको छ । डिजिटल शिक्षाकालागि संघीय सरकारले कन्जुस्याइँ गरेको बताउँदै उनले प्रदेश सरकारलाई काम गर्ने आँट गर्न आग्रह गरेका हुन् । ‘कम्यूटर शिक्षक दबन्दी हुनुपर्यो भनेर धेरै पटक शिक्षा मन्त्रालयमा कुरा उठाएको छु,’ उनले भने, ‘ तर सरकारले दर्बन्दी दिन सकेको छैन् ।’
उनले अभियान सुरु भएको विद्यालयहरुमा कम्युटर शिक्षा पढाउनका लागि एकजना कम्युटर शिक्षक आवश्क पर्ने बताउँदै उनले भने, ‘सरकारी विद्यालयमा पढाउने हरेक विषयको शिक्षक हुन्छ । तर कम्युटरको शिक्षक खै ?’
अहिलेको अवस्थामा सहयोगी शिक्षक राखेर काम गर्न नसकिने बताए । ‘जमना कम्युटरको आयो, त्यो नभई संसार चल्दैन्,’ उनले भने, ‘ अब संघीय सरकारलाई केही भन्न चाहान्न्, तपाईंहरु प्रदेश सरकारले आँट गर्नुहोस्, तपाईंले आट गरे संघीय सरकारलाई दरवन्दी सिर्जना गर्न दबाव पर्छ ।’
शुक्रबारबाट एकसयवटा विद्यालयमा शाक्षरता सुरु गरेको प्रदेश सरकारले मंसिर १ गतेबाट थप एकसय विद्यालयमा डिजिटल शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । डिजिटल प्रदेश निर्माणकालागि कम्युटर शिक्षक नियुक्ती गर्न आग्रह गर्दै पुनले भने, ‘ शिक्षकको तलब ३५ हजार होला, एकसय शिक्षकलाई वर्षको साढे चार करोड लाग्छ । त्यो पैसा प्रदेशलाई केही पनि होइन् । साढे चार करोड खर्च गर्ने आँट गर्नुहोस् तपाईले आँट गरे शिक्षा मन्त्रायलाई लाज लाग्छ ।’
डिजिटल प्रवेश निर्माणको सुरुवात
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश निर्माण गर्ने कामको सुरुवात भएको बताए । ‘डिजिटल शिक्षाको अभियान सरकारले त्यतिकै ल्याएको छैन,’ राईले भने, ‘आजको युगको आवश्यकता भइसकेको सूचना प्रविधिको विकासको उपयोग गर्न हामी यो कार्यक्रमलाई निरन्तरता दिनेछौं, ।’
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले स्थानीय तहको ध्यानाकर्षण गराउन तथा डिजिटल शिक्षाको महत्व र त्यसको आवश्यकता बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए ।
विद्यालयको शैक्षिक सुधारकालागि अनेकौं तत्वहरुले प्रभाव पार्ने भएकोले त्यसमध्येको डिजिटल साक्षरताको अभियान मार्फत विद्यालय र अभिभावकलाई जोड्न खोजेको उनको भनाई छ ।
पहिलो चरणमा एक सय विद्यालयबाट नमूना कार्यक्रम सुरु गरेपनि मंसिर १ गतेबाटै थप १ सय विद्यालयमा कार्यक्रम विस्तार घिमिरेले बताए ।
प्रदेशका २ सय विद्यालयले आफ्नो क्षेत्रभित्रका थप ५ विद्यालयलाई प्राविधिक सीप प्रवाह गर्नुपर्ने कार्यविधि रहेकोले यसै शैक्षिक सत्रभित्र प्रदेशका एक हजार विद्यालयमा डिजिटल शिक्षा कार्यक्रम लागू भइसक्ने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4