+
+
Shares

‘अकुपाई टुँडिखेल’ अभियान सुरू

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते ८:०९

२३ कात्तिक, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ ।

नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् । उनीहरुले ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाएर घेरिने छ ।

अकुपाई टुँडिखेल नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ, तर त्यो पनि कुनै न कुनै नाममा अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ । टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?