Comments Add Comment

पत्रकार मञ्चले पत्रकार राहत कोष गठन गर्ने

२३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार मञ्चको काठमाण्डौको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले पत्रकारहरुको निम्ति राहत कोष गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन गरेको छ ।

यसैगरी सो बैठकले पत्रकार मञ्चको हालको सांगठानिक संरचनामा परिवर्तन गर्नको निम्ति विधान संशोधन गर्ने निर्णय समेत गरेको छ । १७ सदस्यीय केन्ऽीय कार्यसमिति रहेको वर्तमान संरचनामा एकजना वरिष्ठ उपाध्यक्ष र महिला सचिव रहने व्यवस्थासहित विधान संशोधन गरी आगामी अधिवेशनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा मञ्चका अध्यक्ष युवराज विऽोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक गतिविधिहरु आयोजना गर्दै आएको बताए । उनले संस्थागत रुपमा समेत मञ्चले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यसलाई निरन्तरता दिने बताए ।

यस्तै मञ्चका महासचिव विमलकुमार थापाले मञ्चले सम्पन्न गर्ने कार्यक्रमहरु स्वभाविक रुपमा पत्रकार लक्षित हुने भएकाले यसलाई अझ सिर्जनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

बैठकमा पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै उनीहरुलाई विभिन्न खालका रचनात्मक गतिविधिहरुमा समेत सक्रिय गराउन पत्रकार मञ्चका कार्यक्रमहरु लक्षित हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment