+
+
Shares

त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १४:५२

२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?