+
+
Shares

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते ११:१८

२३ कात्तिक, वीरगञ्ज । पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । पोखरिया नगरपालिका वडा नं १० शिवबर्वा बस्ने शंकर राउत अहिरकी श्रीमती ५८ वर्षीया लालमतिदेवीको मृत्यु भएको हो ।

शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको खबर आफन्तले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनास्थल लाशजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका लागि नाराणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?