Comments Add Comment

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२४ कात्तिक, मध्यपुरथिमि । भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण-९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए ।

यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंम्बरको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण-८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडाैं -१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे मण्डनदेउपुर नपा-२ का ३५ वर्षीय मङ्गलबहादुर तामाङ र १८ वर्षीय सुवास तामाङ तथा मण्डनदेउपुर नपा-५ का ५५ वर्षीय गोकुल ढकाल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment