Comments Add Comment

स्कुटी दुर्घटनामा चालकको मृत्यु, एक गम्भीर घाइते

२४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर-११ बस्ने २६ वर्षीय सुवास तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कुटी पल्टिएर घाइते भएका तामाङको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रत्ननगर नगरपालिका-६ बछौलीका करिब २० वर्षीया पुजा सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment