Comments Add Comment

सुपर ओभरमा हार्‍यो न्युजिल्यान्ड, सिरिज इंग्ल्यान्डलाई

२४ कात्तिक, काठमाडौं । न्युजिल्यान्डसँगको टी– २० क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ ।

आइतबार (आज) भएको अन्तिम तथा पाँचौ टी–२० खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३–२ ले जितेको हो ।

११ ओभरमा छोट्याइएको खेलमा १४७ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ११ ओभरमा सात विकेटको क्षतिमा १४६ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । इंग्ल्यान्डका लागि जनी बैरस्टोवले ४७, साम कुरानले २४ रनको योगदान दिएका थिए ।

सुपरओभरमा इंग्ल्यान्डले १७ रन बनाएको थियो । जितको लागि न्युजिल्यान्डलाई १८ रन चाहिएको थियो । तर ८ रन मात्रै बनाएपछि इंग्ल्यान्डले जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ११ ओभरमा पाँच विकेटको क्षतिमा १४६ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५०, कोलिन मुनरोले ४६ र टिम सेफर्टले ३९ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment