Comments Add Comment

गुल्मीको हाटबजार शीत भण्डारसहित पुनः सञ्चालन

२४ कात्तिक, गुल्मी । गुल्मीमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार सञ्चालनमा ल्याइएको हो ।

हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७ वर्षदेखि निर्माण कार्य थालिएको पशु तथा कृषि उपज संकलन केन्द्र, शीत भण्डार र हाटबजार आइतबार एकैसाथ उद्घाटन गरिएको छ ।

गुल्मी दसरमुकाम तम्घासको चिदिचौरमा सञ्चालन हुँदै आएको पुरानो हाटबजार खेलमैदान बिस्तारको क्रममा भत्काइएपछि तम्घासकै चारीखोला भन्ने स्थानमा निर्माण गरिएको थियो ।

नयाँ-ठाउँमा सञ्चालन गर्ने उद्देेश्यले निर्माण भएको हाटबजार निकै सुस्त गतिमा काम हुँदा लामो समयदेखि निर्माणाधीन अवस्थामै थियो ।

पाँच मेटि्रक टन क्षमताको शीत भण्डारणसहितको हाटबजार सञ्चालन आएपछि बिचौलीयाबाट ठगिन जोगिएको कृषकहरुको भनाइ छ ।

हाटबजार रेसुङ्गा नगरपालिकाले सञ्चालनमा ल्याएको हो तर केही समयपछि कृषकहरुलाई नै हस्तान्तरण गर्ने योजना रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

हाटबजार निर्माणका लागि कूल १ करोड ३३ लाख ५० हजार खर्च भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment