+
+
Shares

चरेस कारोबारमा दोषी वडाध्यक्ष १५ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १६:५१

२४ कात्तिक, काठमाडौं । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।

लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २७ जेठ २०६१ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । तर, उनी ३ महिना ७ दिन अनुसन्धानका क्रममा हिरासतमा रहेर छुटेका थिए ।

विशेष सूचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरेर काठमाडौं ल्याइएको उनले बताए । उनका अनुसार तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?