Comments Add Comment

‘मिस्टर नेपाली’बाट चम्कने आशामा साहिल र कुसुम

चलचित्र ‘मिस्टर नेपाली’बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन् । नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले यो क्षेत्रमा पाइला राखेका हुन् । आउँदो शुक्रबार अर्थात कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् ।
चलचित्रमा नायक भूवन केसी पनि भएकाले उनको चर्चा हुनु स्वभाविक नै हो । तर, चलचित्र साहिल र कुसुमकै वरिपरी घुमेको छ ।

चलचित्र क्षेत्रमा भित्रिने नयाँ अनुहारका लागि डेब्यू चलचित्र सफल हुन आवश्यक छ । साहिल र कुसुम पनि यो चलचित्रबाट दर्शकमाझ चिनिने दाउमा छन् । अमेरिकाबाट फर्किएका साहिलको सेरोफेरोमा घुमेको चलचित्रबाट कुसुम पनि आशावादी छिन् । डेब्यू चलचित्र सफल भएको खण्डमा कलाकारका लागि धेरै फाइदा हुन्छ ।

यो चलचित्रले विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज चलचित्र भएको निर्देशक भुषालको दाबी छ ।

प्रेमराज दाहालको निर्देशनमा तयार भएको यो चलचित्र सफल भएको खण्डमा साहिल र कुसुमका लागि चलचित्र क्षेत्रको आगामी बाटो पक्कै पनि सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment