
२४ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले एक जना भारतीयसहित तीन जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी कचनारीबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा जिल्लाको बरियारपट्टी गाउँपालिका १ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ्ग गाउँपालिका ७ बस्ने १८ बर्षीय रोशन खड्का, सोही ठाउँका ३० बर्षीय गोबिन्द नेपाल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला फुलपरा धर्माैना निवासी १८ बर्षीय मोहम्द रियाज छन् ।
बीआर ३२यू ४७९९ नम्बरको मोटरसाइकलमा चढी भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट नाईट्रोभेट १४ पत्ता, स्पास्मो ५ पता र गाँजा १० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4