Comments Add Comment

सांसदलाई फेसबुक, ट्वीटर सिकाउन तालिम !

२४ कात्तिक, विराटनगर । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा एक गैरसरकारी संस्थाले प्रदेश १ का सांसदलाई सामाजिक सञ्जाल चलाउने तालिमक सञ्चालन गरेको छ ।

इनोभेटिभ भिजन नामक गैरसरकारी संस्थाले प्रदेश सांसदलाई फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल चलाउन सिकाउन तालिम सञ्चालन गरेको हो । आइतबार सुरु तालिममा १६ जना प्रदेश सांसद सहभागी छन् । १८ जना बोलाए पनि दुई जना उपस्थित भएनन् ।

‘प्रदेश १ का सांसदको लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ नाम दिइएको कार्यक्रमको उद्घाटन प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले गरे ।

उनले भण्डारीले बदलिदो परिस्थितिमा सञ्चारको फाइदा र प्रयोगको दायरा फराकिलो भएको भन्दै तालिम सान्दर्भिक भएको धारणा राखे ।

सञ्चार सीप तथा यसको प्रयोगको विषयमा लक्ष्मणदत्त पन्त र रजनीश भण्डारीले सहजीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment