Comments Add Comment

रूपन्देहीका कार्की भारत्तोलनमा विश्व च्याम्पियन

२५ कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमाका रूप कार्कीले इन्टरनेसनल वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन) प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी थिए । कार्कीले आफनो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका हुन् ।

कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको कार्कीको दाबी छ ।

अमेरिकामा बसोबास गर्दै आइरहेका उनले त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको अनलाइनखबरलाई बताए । कार्की ड्रग टेस्टेड ( शक्तिबद्र्धक औषधि नखाने ) खेलाडी हुन् । सन् २००९ देखि भारत्तोलनको अभ्यास सुरु गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय छन् ।

कार्कीले केही वर्षपछि नेपाल फर्केर भारत्तोलन खेलमा बाँकी जीवन बिताउने बताए । बागलुङ जिल्लाको गल्कोटमा जन्मेका कार्की बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा –६, कुन्जलापुरमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment