+

नेपाल र कुवेतबीचको खेल भुटानमै हुने पक्का

२०७६ कात्तिक  २५ गते १२:५३ २०७६ कात्तिक २५ गते १२:५३
नेपाल र कुवेतबीचको खेल भुटानमै हुने पक्का

२५ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ ।

मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।

योसँगै एन्फाले आफ्नो होम खेल (घरेलु मैदानमा) खेल्न  पाउने खेल न्युट्रल भेन्यु (तेस्रो रंगशाला) मा खेल्नु पर्ने भएको थियो । एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।

कुबेतले यो प्रस्तावलाई अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो । एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै खेल हुन लागेको हो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय