Comments Add Comment

विरगञ्जमा प्रेमीसँग साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्सवमा पुगे ।

देवांश उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको छोरा हुन् । कार्यक्रम अवधीभर उनीहरु एकसाथ बसेका थिए । देवांश आफू आफ्नी आमासँग विरगञ्ज आएको बताइरहेका थिए । साम्राज्ञीसँग विरगञ्ज आएको भन्दै चर्चा अन्तै मोडिने सोच उनको हुनसक्छ ।

साम्राज्ञी भने आफ्ना हजुरआमा र हजुरबासँग तस्वीर खिचाउन र अन्र्तवार्ता दिन बढी व्यस्त देखिइन् । यो बर्ष साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भएका थिए । यी दुबै चलचित्र बक्स अफिसमा असफल भएका छन् । यसैले पनि साम्राज्ञी अहिले करिअरका लागि बढी गम्भिर देखिएकी छिन् । तर, प्रेमीसँग देखिदा उनको चर्चा धेरै हुने गरेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment