Comments Add Comment

न्यू होराईजन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु

२५ कात्तिक, बुटवल । न्यु होराईजन अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दशौ संस्करण सोमबारदेखि सुरु भएको छ ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापा, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, अन्तर्राष्ट्रिय एम्पायर सन्जय गुरुङ, विद्यालयका शिक्षक प्रकाश गौतमले एम्पायर सुनिल ढुगाना र राजु शाहनीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले खेलमा अनुशासन र सिकाइ उपलब्धि मुख्य हुने बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर समिर खान, विद्यालयका प्राचार्य लोकनाथ उपाध्ययले निजी विद्यालयमार्फत राष्ट्रको खेलकुदमा महत्वपूर्ण योगदान दिएको बताए ।

विद्यालयमा विभिन्न खेलका प्रशिक्षक राखेर उमेर समूहका खेलाडी उत्पादन गर्ने शुरुआत गरेको उनको दाबी छ ।

प्रतियोगिताको संयोजक शक्ति गौचनले ग्रास रुट खेलाडीहरुलाई प्लेटर्फम दिने उदेश्यअनुसार आफूहरु सफल भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

न्यू होराईजन एजुकेशन इन्टिच्युटको आयोजनामा भएको प्रतियोगिताको दशौ संस्करणको उद्घाटन खेलमा न्यू मुन एकेडेमीले विजयी शुरुआत गरेको छ ।

तिलोत्तमा नगरपालिकाको नवजीवन खेलमैदानमा भएको खेलमा न्यू मुनले लुम्बिनी शिक्षा निकेतनलाई ३७ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गर्न मैदानमा उत्रेको न्यू मुनले २० ओभरमा ७ विकेटको नोक्सानीमा १५० रनको योगफल तयार गरेको थियो । न्यू मुनका सुरज यादवले नटआउट ५९ रनको योगदान दिएका थिए ।

यसैगरि माधवनेन्ऽ सिंहले २५ रन तथा प्रकाश कुवर १५ रन बनाए । लुम्बिनी शिक्षा निकेतनका रितेश भुज र अमन यादवले समान २-२ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको लुम्बिनीका ब्याट्सम्यानहरु ६ विकेटको नोक्सानीमा ११३ रनमा समेटिएको थियो । लुम्बिनीका सन्दीप यादवले ४२ रन र मोहम्मद साहिलले ३० रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन । न्यू मुनका विवेक कोहारले ३ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबार होराईजन जीबीएस र न्यू ईन्भाइरोमेन्ट स्कुल तथा न्यू स्टाण्डर्ड र जेसीज किन्डरगार्डेन बीच प्रतिस्पर्धा हुनेछ ।

तिलोत्तमा नगरपालिका नवजीवन खेलमैदानमा मंसिर ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment