+
+
Shares

रुपन्देही व्यापार संघको अध्यक्षमा लोहनी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १७:००

२५ कात्तिक, बुटवल । रुपन्देही व्यापार संघको अध्यक्षमा यमलाल लोहनी निर्वाचित भएका छन् । संघको १०  अधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा लोहनीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा डिल्लीराज भण्डारी, द्वितीय उपाध्यक्षमा प्रकाश ढकाल, कोषाध्यक्षमा दीपकप्रसाद अधिकारी र सहकोषाध्यक्षमा ऋषिराम पाण्डेको पनि एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा दयानिधि भण्डारी र केशव खनाल, सचिवमा नामदेव पाण्डे र कृष्णप्रसाद अर्याल तथा सहसचिवमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य सुमन अधिकारीले जानकारी दिए ।

संघको नयाँ कार्यसमिति चयनका लागि कार्तिक २८ गते निर्वाचन हुने कार्यतालिका छ । संघमा करिब तीन हजार सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?