
२५ कात्तिक, कैलाली । राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले संघीयतालाई प्रशासनिक रुपमा मात्रै नभएर सेवाको दृष्टिकोणको रुपमा राख्नु पर्ने बताए ।
सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनिकरण मुख्य चुनौती रहेको भन्दै उनले त्यसलाई हल गर्न आफू लागि परेको दावी गरे ।
यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेकोमा सोमबारदेखि धनगढीबाट काम सुरु गरिएको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
२०२२ सालमा स्थापना भएको राष्ट्रि वाणिज्य कार्यालयको मुलुकभरका ७७ जिल्लामा २ सय ३८ वटा शाखा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4