+
+
Shares

व्यक्ति अपहरण गरी अश्लिल भिडियो बनाएको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १८:३६

२५ कात्तिक, काठमाडौं । दाङमा प्रहरीले हवाई फायर गर्दै  सोमबार तीन जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न खोज्दा भाग्न थालेपछि २ राउण्ड हवाई फायर गरी उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी का १९ वर्षीय बिमल वली, २६ वर्षीय दुजबहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।

अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गर्ने गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?