Comments Add Comment

अन्नपूर्ण गोल्डकपको उपाधि आर्मीलाई

२५ कात्तिक, विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापाको विर्तामोडमा सञ्चालित अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गाले अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

विर्तामोडमा रहेको डोमालाल राजवंशी रंगाशालामा भएको फाइनल खेलमा आर्मीलाई जिताउन कप्तान टेकबहादुर बुढाथोकीले दुई गोल गरे । उनले ३१ औं मिनेट र ८४ औं मिनेटमा गोल गरे ।  जीतसँगै आर्मीले डोमलाल रंगशालामा चौथो पटक उपाधि जितेको छ । डोमलाल रंगशालामा नै झापा गोल्डपको उपाधि तीन पटक जितेको थियो ।

जीतसँगै आर्मीले नगद १२ लाख ५० हजार रुपैयाँ र  उपबिजेता बनेको चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँ पाएको छ । विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

जायोन सपोट्र्स क्लबले आयोजना गरेको कात्तिक १६ गतेबाट सुरु प्रतियोगितामा भारतका दुई टिमसहित १० वटा टिमको सहभागिता थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका  विवश चौधरी, चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर, आर्मीकै दीपक गुरुङ उत्कृष्ट डिफेण्डर र आर्मीकै टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment