Comments Add Comment

गुल्मीमा निशुल्क बाथरोग शिविर

२६ कात्तिक, गुल्मी । गुल्मीमा पहिलो पटक निशुल्क बाथरोग शिविर सम्पन्न भएको छ ।

जिल्ला सदरमुकाम तम्घासमा राखिएको शिविरमा २०४ जनाको निशुल्क बाथरोगको परीक्षण गरिएको आयोजकले जनाएको छ । गुल्मीसहित अर्घाखाँची, बाग्लुङ्ग र प्युठानबाट आएका बाथरोगका बिरामीहरुले शिविरबाट प्रत्यक्ष फाइदा लिएका छन् ।

शिविरमै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण तथा निशुल्क रगत जाँच गर्न पाएकोमा ग्रामीण भेगबाट आएका सेवाग्राहीहरु हर्षित बनेका थिए । शिविरमा आएका अधिकांशमा हड्डी खिइएको, हात खुट्टा झमझमाउने, पोल्ने र नशाको लक्षण भेटिएको नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंका वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर बिनित बैद्यले बताए ।

बाथरोग लागेको लक्षण देखिएको तीन महिनामै उचित उपचार पाए निको हुने उनले बताए । गाउँमा हात खुट्टा दुखे खानामा दोष दिने वा गाउँले उपचार खोज्ने प्रवृत्तिले अधिकांश फसेकाले छिटो उपचार गरे निको पार्न सकिने बैद्यको भनाइ छ ।

बैद्यले पहाडमा दौडधुप धेरै गर्ने, ठुलो भारी बोक्ने, आराम नगर्ने र खानामा ख्याल नगर्ने गरेकोले धेरैमा हड्डी खिइने समस्या धेरै रहेको बताए । नेशनल बाथरोग सेन्टरले पछिल्लो समय वेवबेस क्लिनीक सेवा समेत सुरु गरेको छ ।

शुभलक्ष्मी फर्माको आयोजनामा सञ्चालित शिविरमा नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंका वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर बिनित बैद्य लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

गुल्मी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई बाथरोगको पहिचान र सुरुवाती उपचारको बिषयमा नेशनल बाथरोग सेन्टरका बिशेषज्ञ डाक्टर बिनित बैद्यसहितको टोलीले प्रशिक्षण समेत दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment