+
+
Shares

महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपा– शिवसेना लडाइँ, राष्ट्रपति शासन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १८:४४

२६ कात्तिक,  काठमाडौं । मुख्यमन्त्रीबारे भारतीय जनता पार्टी (भाजपा) र शिवसेनाबीच विवाद भएपछि भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासन लागू गर्न सहमति दिएका हुन् ।

हालै भएको विधानसभा चुनावमा शिवसेना र भाजपाले मिलेर चुनाव लडेका थिए । तर मुख्यमन्त्रीबारे विवाद भयो ।

२८८ सदस्य भएको विधानसभामा भाजपा सबैभन्दा ठूलो पार्टी भएको छ । तर कुनै पनि पार्टीको बहुमत छैन । शिवसेनाले सरकार बनाउन दाबी पेश गरेको थियो तर राज्यपालले एनसीपीलाई पनि बोलाएका थिए ।

तर सरकार गठनका लागि थप समय नदिई राष्ट्रपति शासन लागू भएको छ । त्यसविरुद्ध शिवसेना अदालत गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?