
२७ कात्तिक, उदयपुर । उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएकाे भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए ।
गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए ।
राउतको शव पोष्टमार्टमका लागि अहिले कटारी अस्पतालमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4