Comments Add Comment

पुरुष ग्रुमिङका सात काइदा

लुक्स तथा पर्सनालिटीका लागि केवल महिलाहरु मात्र चिन्तित हुँदैनन् । पुरुषहरु समेत आफ्नो ग्रुमिङका लागि प्रशस्त मेहनत गर्छन् । छालादेखि लिएर हेयर स्टाइलिङसम्म तथा आउटफिटहरुदेखि लिएर ट्रेन्डी एक्सेसरीजसम्म पुरुषहरु हरेक कुरामा ध्यानदिन थालेका छन् ।

कसै-कसैलाई आवश्यकताभन्दा बढी पसिना आउँछ, जसका कारण शरीरबाट नराम्रो गन्ध आउँछ । त्यस्तो बेलामा धेरै फरफ्युम नलगाउनुहोला । काखीलाई सफा गर्नका लागि अल्कोहलको केही थोपाले रगड्नुपर्छ । त्यसले काखी गन्हाउन हल्का कम हुन्छ ।

खुट्टालाई सफा राख्नुपर्छ

जुत्ता खोल्ने क्रममा गन्ध आइरहेको छ भने जुत्तामा टेलकम पाउडर अथवा बेकिङ सोडा छर्किनाले गन्ध आउन केही कम हुन्छ र तपाईंको खुट्टा पनि सफा देखिन्छ । यदि तपाईं बेकिङ सोडा प्रयोग गर्न चाहनुहुन्न भने त्यसको ठाउँमा सुन्तलाको बोक्रा सुकाएर त्यसलाई जुत्तामा राखिदिने र जुत्ता लगाउनुअघि त्यसलाई निकाल्ने । यसले पनि जुत्ता तथा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

क्यू-टिप्सबाट बच्नुपर्छ

प्रायः पुरुषहरु कटन बडमा सर्‍र्युको तेल लगाएर अथवा बडले नै कान सफा गरिरहेका हुन्छन् । तर, यो गलत तरिका हो । त्यसले कानमा पीडा हुनुका साथै तेलले गर्दा कानमा फोहोर जम्न सक्छ । त्यसैले बडको प्रयोय गरिरहनुभएको छ भने त्यसलाई तुरुन्त रोक्नु राम्रो हुन्छ । त्यसको ठाउँमा कानमा केही थोपा ओलिभ आयल राख्नुहोस् । जसले दोस्रो दिनमै कान सफा हुनसक्छ । त्यसैले बडको प्रयोग सकेसम्म कम गर्नुपर्छ ।

नङमा ध्यान दिनुपर्छ

प्रायः पुरुषहरु आफ्नो नङ त काट्छन् । तर, नङको सरसफाईमा ध्यान नै दिँदैनन् । बिहान नुहाइसकेपछि नङ नरम भएको हुन्छ । जसले नङ काट्न सहज पनि हुन्छ ।

कानमा पनि ध्यान दिनुपर्छ

जसरी तपाईं नङलाई बेवास्ता गर्नुहुन्छ । ठिक त्यसरी नै तपाईंहरुले कानलाई पनि बेवास्ता गरिरहनु भएको हुन्छ । नुहाइसकेपछि कान सफा गर्न निकै सहज हुन्छ । कहिलेकाहीँ इयर ड्रप्स राखेर पनि तपाईंले कान सफा गर्न सक्नुहुनेछ ।

राम्रो हुनुपर्छ हेयरस्टाइल

अनुहारपछि उमेरको प्रभाव व्यक्तिको कपालमा पर्छ । उमेर बढेसँगै कपाल पनि पातलो हुँदै जान्छ । कपाल झर्ने र चाया पर्ने क्रम बढ्छ । यदि तपाईंको कपालको बनावट नै पातलो छ भने तपाईंले आफ्नो कपाललाई ‘बजकट’ अथवा ‘अन्डरकट’ हेयर स्टाइल अपनाएर आफूलाई एभरग्रीन लूक दिन सक्नुहुनेछ ।

फेस वाश

पुरुष फेयरनेस मेन्स क्रिमका साथ-साथै एउटा हर्बल फेस वास पनि आफूसँगै राख्नुपर्छ । पुरुषहरुको छाला निकै कडा हुन्छ । जसका कारण बेबी सोपले अनुहार धुनु राम्रो मानिँदैन । यदि तपाईं छालाको हेरचाह गर्न चाहनुहुन्छ भने हर्बल फेस वासले तपाईंलाई राहत दिनसक्छ ।

आईब्रो प्लकर

ब्राईब्रोको शेप सही भयो भने तपाईंको अनुहार पनि आकर्षक देखिन्छ । जुन पुरुष आफ्नो लूकका लागि सचेत हुन्छन् । उनीहरुको सेभिङ किटमा आईब्रो प्लकर हुनैपर्छ । ताकि उनीहरुले आईब्रोलाई आफैं सेट गर्न सकून् । पुरुषहरुले थ्रेडिङ पनि गराउन सक्छन् । तर, लामो यात्रामा जाँदै हुनुहुन्छ भने आफूसँग एउटा राम्रो प्लकर बोक्न नबिर्सनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment