Comments Add Comment

भक्तपुर नेकपाको अभेद्य किल्ला भइसक्यो : डिपी ढकाल

२७ कात्तिक, भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचमा नेकपाका तर्फबाट भक्तपुर १ (क) का उम्मेदवार डिपी ढकालले भक्तपुर नेकपाको अभेद्य किल्ला भइसकेको दावी गरेका छन् ।

ढकालले भक्तपुरमा अब नेकपालाई कसैले पराजित गर्ने नसक्ने पनि बताए ।  बुधबार भक्तपुरको कमलविनायकमा अनेरास्ववियू र राष्ट्रिय युवा संघको संयुक्त रुपमा आजोजित चुनावी  सभामा वोल्दै ढकालले आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

ढकालले भने ‘ भक्तपुर १(क)का जनताले नेकपालाई ५ वर्षका लागि जनमत दिएकाले हाम्रो जित सुनिश्चित छ ।’

चुनावी सभामा नेकपाका युवा नेता एवम् सांसद महेश बस्नेतले भक्तपुरमा नेकपाको विजय यात्रालाई कसैले रोक्न नसक्ने वताए । बस्नेतले भने ‘ भक्तपुरमा अब नेकपावाहेक कसैले नचिताए हुन्छ ।’

चुनावी सभामा अनेरास्ववियूका संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ, युवा संघका सहसंयोजक रमेश पौडेल, नेकपा युवा विद्यार्थी जिल्ला अध्यक्ष रमेश मल्ल, भक्तपुर जिल्ला अध्यक्ष वच्चन देउजालगायतले चुनावी अभियानमा खट्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment