२८ कात्तिक, काठमाडौं । पवन शर्राफको अर्धशतकसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।
बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।
नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमा खाता नै नखोली आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।
कुशल २८ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेख पनि मात्र २ रनमा पभेलियन फर्किए । क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्र २४ रनमा आउट भए । नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा पभेलियन फर्किए ।
त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले । उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे । विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए । नवौं नम्बरमा कारण केसी आए ।
दुबैले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । करण २० रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए । अर्को बलमा ललित नारायण राजवंशीको विकेट गएपछि नेपाल १९३ मा नै अलआउट भयो ।
भारतका शौरभ दुवेले ४ र एस राठौरले ३ विकेट लिए ।
प्रतिक्रिया 4