Comments Add Comment

लागूऔषध मुद्दाका फरार अभियुक्त जेल चलान

२८ कात्तिक, काठमाडौं । जिल्ला अदालत धादिङले लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई बिहीबार जेल चलान गरेको छ ।

मोरङको उर्लाबारी घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका-५ पर्स्याङमा निकीता खाजा घर संचालन गरी बस्ने ३४ वर्षीय राम बहादुर भण्डारीलाई लागूऔषध मुद्दामा जेल चलान गरिएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

जिल्ला अदालत धादिङबाट भण्डारीलाई लागूऔषध मुद्दामा २०७६ साल असार २२ गते १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको थियो ।  धादिङ प्रहरीले पनि भण्डारीलाई जिल्ला अदालत धादिङमा बिहीबार पेश गरेकोमा अदालतले उनलाई कैद भुक्तानका लागि आजै कारगार चलान गरेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment