+
+
Shares

भ्रमण वर्ष लक्षित टेलिभिजन शो प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १६:३५

२८, कात्तिक, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि टेलिभिजन शो प्रशारण हुने भएको छ । भ्रमण वर्ष सफल बनाउने उद्देश्यले भ्रमण वर्ष सचिवालयले निजी क्षेत्रको सहयोगमा विशेष टेलिभिजन शो प्रशारण गर्न लागिएको संयोजक सुरज वैद्यले जानकारी दिए ।

उनका अनुसार ‘पल्सर द डेस्टिनेसन’ नामक टेलिभिजन ट्राभल शो निर्माण हुने भएको छ । यो कार्यक्रम पाक्षिक रुपमा प्रशारण हुने भएको छ । यो कार्यक्रम नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।

पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लल्य रहेको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

टेलिभिजन कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथा समेटिनेछ । प्राकृतिक सुन्दरतासँगै समाजमा लुकेर रहेका विविध आयामलाई प्रकाश पार्नु कार्यक्रमको उद्देश्य रहेको वैद्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?