+

साग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

२०७६ कात्तिक  २८ गते १८:२२ २०७६ कात्तिक २८ गते १८:२२
साग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

२८ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान ज्ञानेन्द्र मल्लले साग खेल्ने टिमको टुंगो लगाएको हो । टिममा पूर्वकप्तान पारस खड्कासँगै अहिलेका कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।

त्यस्तै, अविनाश बोहोरा, सुशान भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी र राशिद खान परेका छन् ।

त्यस्तै, बैकल्पिक खेलाडीको रुपमा रोहितकुमार पौडेल, भीम शार्की र सागर ढकाल रहेका छन् ।

१३औं साग यहि मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय