
२९ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचिदा पनि सरकार निदाएको भन्दै राजधानीको नेपालटारमा शुक्रबार बिरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध र्याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल, दिपेन्द्र ढकाल र चन्द्र रावतलगायतले सम्बोधन गरेका थिए।
कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूले सरकार सिमा मिचिदा पनि कान तेल हालेर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
बिरोध र्यालीमा सयौं विद्यार्थीहरुले सहभागी जनाएर सरकार तिमी मौन किन भन्दै प्रश्न गरेका थिए ।
प्रतिक्रिया 4