Comments Add Comment

भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने २ जना पक्राउ, चार गाडी नियन्त्रणमा

२९ कात्तिक, काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका-७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका-२ घर भई हाल काठमाडौंको काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपकबहादुर बुढा (दीपेन्द्र) छन् ।

उनीहरुको नेपाल ल्याएर बेचेका चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बा१८च ३१३८ नम्बरको एस-फोर स्कारपियो, बा२१च ८७१४ नम्बरको एस-सेभेन स्कारपियो, बा११च ९७४९ नम्बरको फरच्युनर र डी एल२सी ए जेड ७७९९ भारतीय नम्बरको क्रेटा गाडी काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको कालिमाटी प्रहरी प्रमुख रुगम कुँवरले जानकारी दिए । प्रहरीका अनुसार यी गाडीहरु यातायात कार्यालयमा दर्ता छैनन् ।

कतिपय गिरोहले वर्कसप सञ्चालकसँग मिलेमतो गरेर गाडीहरु नेपाल भित्राउने र काल्पनिक च्यासिस नम्बर समेत खोपेर यातायात कार्यालयबाट कागजात बनाउने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment