
२९ कात्तिक, काठमाडौं । पर्साको पोखरियाबाट प्रहरीले १२ वटा भैंसी र ५ वटा पाडा नियन्त्रणमा लिएको छ ।
पोखरीया नगरपालिका-६ शेराफिल्ड स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा १२ वटा भैंसी र ५ वटा पाडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार सो संख्याको भैंसी र पाडा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका १२ वटा भैंसी र ५ वटा पाडालाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4