Comments Add Comment

‘मिस वर्ल्ड’ मानुषीको बलिउडमा डेब्यू पक्का

‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन ।
तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो ।

यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा देखिदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगीताको भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन् । मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेको चर्चा चलेको थियो ।

तर, यशराज ब्यानरले पहिलो पटक मानुषी पक्का भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment