Comments Add Comment

सहमति खोज्दा प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ : सभामुख श्रेष्ठ

२९ कात्तिक, काठमाडौं । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमति खोज्दा प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाइ भएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले नाम र स्थायी राजधानी टुङ्गो लगाउन नसक्दा प्रदेशसभाले काम नगरेजस्तो देखिएको बताए । ‘दलीय सहमति खोज्दा खोज्दै यसमा ढिलाइ भइरहेको छ’ उनले भने ।

११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत छ । बहुमत भएको दल नेकपाले यसबारे ठोस प्रस्ताव ल्याउनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निमा लामा बताउँछन् । ‘तपाईंहरु आन्तरिक रुपमा सहमति जुटाएर प्रस्ताव ल्याउनुस् भन्दा ल्याउनुहुन्न । यही कारण हेटौंडामा माननीयहरु अस्थायी मन लिएर काम गरिरहेका छन्’ सांसद लामाले भने ।

सभामुख श्रेष्ठले भने नाम र राजधानीका विषयमा छलफल भइरहेको र आगामी अधिवेशनबाट तोक्ने सम्भावना रहेको पनि बताए ।

सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, नेपाल मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम प्रदेशसभामा दर्ता भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment