Comments Add Comment

एभरेष्ट बैंकले बनायो स्वर्गद्वारीघाटमा वातावरण मैत्री शवदाहगृह

१९ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकले स्वर्गद्वारीघाट, भैरहवामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । मेसिनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ, जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्छ ।

यसले २५० केजी भन्दा बढिप्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्छ ।

यो प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउँछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।

‘सर्भिस विथ स्माईल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको छ । ईबीएल  सामाजिक जिम्मेवारीमा सक्रिय रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

यो मेशीन माननीय मुख्यमन्त्री शंकर पोखरेल, सिद्धार्थनगर नगरपालिका का उपमेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उस्थितिमा उपमेयर उमा काफ्लेलाई हस्तान्तरण गरिएको छ । सिइओ तथा ईबीएल सीएसआर समितिका सदस्य गजेन्दर कुमार नेगी ले मेशीन हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment