Comments Add Comment

पहिलो त्रैमासमै ३ बैंकको कमाइ अर्बमाथि

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो त्रैमास (३ महिना) मा ३ वाणिज्य बैंकहरुले अर्बमाथि मुनाफा कमाएका छन् । ‘क’ वर्गका बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक र एनआईसी एशिया बैंकले अर्बमाथि मुनाफा आर्जन गरेका हुन् ।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै पहिलो नम्बरमा देखिएको छ । दोस्रो नम्बरमा देखिएको नविलले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ कमाएको छ । नविल नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंक हो ।

तेस्रो नम्बरमा भने एनआईसी एशिया बैंक छ । व्यवसाय विस्तारमा निकै आक्रामक बन्दै आएको एनआईसी एशिया बैंकले ३ महिनामा १ अर्ब ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ८४ लाख ६३ हजार रुपैयाँले धेरै हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख नाफा आर्जन गरेको थियो ।

चालु आवको ३ महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा प्रवाह रहेको छ । बैंकको निक्षेप र कर्जा दुवै घटेको देखिन्छ । बैंकको निक्षेप १.४ प्रतिशत र कर्जा लगानी ०.७८ प्रतिशतले घटेको हो । बैंकका अन्य सूचकहरु औसतमा राम्रै छन् ।

नविल बैंकको पनि गत वर्षको तुलनामा यस वर्ष नाफा सुधार भएको हो । नविलले करिब ७ प्रतिशतले नाफामा सुधार गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

मुनाफाका आधारमा तेस्रो नम्बरमा देखिएको एनआईसी एशियाको निकै राम्रो सुधार हो । यो बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले मुनाफा वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment