+
+

५८ किलो चरेससहित बर्दियाबाट पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १२:०८

१ मंसिर, बर्दिया । गुलरीयाबाट प्रहरीले ठूलो मात्रामा चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका-१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका-७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीेले नियन्त्रणमा लिएको हो । उनीहरुले चरेस नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

  • दीपक शर्माबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?