+
+
Shares

युएईमा भजन-कीर्तनसँगै गीता पाठ

रुपेश अधिकारी रुपेश अधिकारी
२०७६ मंसिर १ गते १२:५७

युएई । आबुधाबीमा शुक्रबार भजन-कीर्तन गायनका साथै गीता प्रवचन गरिएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावना अमृत संघ (इस्कोन) को नेपाली प्रचारप्रसार समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालीले प्रवासमा पुगेर आफ्नो धर्म संस्कृति तथा चाडपर्व भुलिरहेको कुरालाई मध्यनजर राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सबैभन्दा पहिले आरती गरिएको थियो । हरेकृष्ण महामन्त्र एक सय आठपटक उच्चारण गरेपश्चात भजन-कीर्तन सुरु भएको थियो ।

‘हामीले भजन गायौँ, गीताका श्लोकलाई लिएर व्याख्या गर्‍यौँ । केही अतिथिलाई सम्मान पनि गर्‍यौँ,’ कार्यक्रमका संयोजक फणिन्द्र बलभद्र दासले भने, ‘युएईमा छरिएका नेपालीलाई मौलिक संस्कृति जगेर्ना र सकारात्मक सोच विकास गर्न सहयोग गर्नु हाम्रो उद्देश्य हो ।’

इस्कोनको नेपाली प्रचारप्रसार समितिका अनुसार यो अभियान तीन महिनाअघि सुरु गरिएको हो ।

अभियानअन्तर्गत कृष्ण अस्टमी, राम नवमीलगायतका सबै धार्मिक पर्व मनाउने, गीता लगायतका धार्मिक पुस्तक वितरण गर्ने, हरेक हप्ता कीतर्न गर्ने गरिएको छ ।

‘धर्म परिवर्तन हुनबाट रोक्ने पनि हाम्रो लक्ष्य हो,’ संयोजक दासले भने, ‘साप्ताहिक रुपमा १० वटा कार्यक्रम गरिसक्यौँ, चार सयजना नेपालीको कोठामा गएर दीप प्रज्ज्वलन गर्नुका साथै एक हजारभन्दा बढी ग्रन्थ बाँढ्यौँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?